पोखरामा ९० वर्षे वृद्धमा देखियो कोरोना

समाधान संवाददाता
पोखरा
पोखराको एक सामुदायिक अस्पतालमा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना भएका उनमा मंगलबार संक्रमण पुष्टि भएको हो । उनी स्याङ्जाको वालिङ घर भई पोखरा–१४ भेडिफारम बस्दै आएको पोखरा महानगरले जनाएको छ ।
‘उहाँलाई सामान्य ज्वरो छ । खाना पनि खानु भएको छैन भन्ने कुरा आएको छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने । संक्रमित वृद्धको कुनै ट्राभल हिस्ट्री भए÷नभएकोबारे खोजी थालिएको उनले बताए । उनका अनुसार संक्रमित वृद्धलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
मंगलबार दिउँसो नै तनहुँका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२ र ४६ वर्षे पुरुष छन् । संक्रमितलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
मंगलबार बिहान मात्र पोखराका २१ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो । पोखरा–३० घर भएका ती पुरुष भारतबाट आएर महानगरको क्वारेन्टाइनमा बसेका थिए ।
गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ को मृत्यु भएको छ । वालिङ–३ घर भएका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया