पोखरामा ९० वर्षे वृद्धमा देखियो कोरोना

समाधान संवाददाता
पोखरा
पोखराको एक सामुदायिक अस्पतालमा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना भएका उनमा मंगलबार संक्रमण पुष्टि भएको हो । उनी स्याङ्जाको वालिङ घर भई पोखरा–१४ भेडिफारम बस्दै आएको पोखरा महानगरले जनाएको छ ।
‘उहाँलाई सामान्य ज्वरो छ । खाना पनि खानु भएको छैन भन्ने कुरा आएको छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने । संक्रमित वृद्धको कुनै ट्राभल हिस्ट्री भए÷नभएकोबारे खोजी थालिएको उनले बताए । उनका अनुसार संक्रमित वृद्धलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
मंगलबार दिउँसो नै तनहुँका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२ र ४६ वर्षे पुरुष छन् । संक्रमितलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
मंगलबार बिहान मात्र पोखराका २१ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो । पोखरा–३० घर भएका ती पुरुष भारतबाट आएर महानगरको क्वारेन्टाइनमा बसेका थिए ।
गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ को मृत्यु भएको छ । वालिङ–३ घर भएका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया