एमसिसी विरोधमा संंयुक्त देशभक्त मोर्चा गठन
समाधान संवाददाता
२०७७ असार २ गते १५:५७

समाधान संवाददाता
पोखरा
पोखराका सामाजिक अभियन्ताको भेलाले वरिष्ठ अधिवक्ता तीलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको छ ।
अमेरिकी परियोजना मिलेनिनयम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) खारेज लगायत राष्ट्रिय हितका पक्षमा नागरिक अभियान सञ्चालन गर्ने उद्देश्यले मोर्चा गठन गरिएको हो ।
अभियानको प्रवक्तामा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेल मनोनीत भएका छन् ।
अभियान सदस्यमा नरेन्द्रमान लालचन, नीरज थापा, शशि तुलाचन, गोविन्दबहादुर बस्नेत, पुष्प बराल, विष्णुप्रसाद गुरुङ, कृष्णराज अधिकारी, काजी गाउँले र सूर्यबहादुर बानियाँ रहेको प्रवक्ता पौडेलले बताए ।
भेलाले एमसिसी खारेजीका लागि दबाब दिन पोखराको सहिदचोकमा असार ६ गते बिहान साढे १० बजे शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णयसमेत गरेको पौडेलले जानकारी दिए ।
सम्बन्धित









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया