अमेरिकामा काेराेनाका कारण मृत्यु हुने संख्या घट्याे

(रासस÷एएफपी)
संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो ।
उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको देखिएको छ ।
आइतबार यहाँ ३८५ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङमा देखिएको छ ।
मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको यहाँको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त संख्यामा आइतबार र सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी अधिकारीहरुले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम संख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ ।
यहाँ मंगलबारसम्म १ लाख १६ हजार नागरिकको ज्यान गएको छ । त्यस्तै यहाँ २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका संक्रमित भएका छन् । यहाँ अहिले पनि दिनमा करिब २० हजार जना संक्रमित थपिने गरेका पाइएको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया