५० युनिट रगत संकलन

समाधान संवाददाता २०७७ असार २ गते १९:३३

समाधान संवाददाता
पोखरा

Advertisement

पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

सहकारीले मंगलबार परेको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले सहकारीका सदस्यसमेत रहेका पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई व्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले रगतको महत्वबारे प्रष्ट्याएका थिए ।
सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेले कोरोनाका कारण रगतको अभाव हुनसक्ने देखेर रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

Advertisement

उनले वार्षिकोत्सव विशेष कार्यक्रम गर्न नसकिए पनि सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रम संयोजक डा.छममाया पुनले रगतको विकल्प रगत नै भएको बताउँदै अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेका बिरामीका लागि दिइने रगत जीवनदान सरह हुने बताइन् ।

तपाईको प्रतिक्रिया