विश्वभर काेराेनाले ४ लाख ४० हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ असार ३ गते ६:५२

पाेखरा

काेराेना संक्रमणका कारण विश्वभर ४ लाख ४० हजार ६ सय जनाकाे मृत्यु भएकाे छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ४५ हजार ४७ पुगेको छ।

Advertisement

अमेरिकामा सबैभन्दा बढी २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ।

ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया