बाँकेमा काेराेनाबाट ४६ वर्षे महिलाकाे मृत्यु

समाधान संवाददाता २०७७ असार ३ गते ७:१४

पाेखरा

बाँकेमा कोरोना भाइरस (कोभिड १९) बाट १ महिलाकाे मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसियूमा उपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलबार राति कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया