मनाङमा पनि भेटिए काेराेना संक्रमित, प्रदेशभर २८९

पाेखरा
गण्डकी प्रदेशकाे हिमाली जिल्ला मनाङमा पहिलाेपल्ट काेराेना संक्रमित भेटिएका छन् । उनी कपिलवस्तुबाट फर्किएका चामे गाउँ पालिकाका कर्मचारी हुन् ।
ती संक्रमित कपिलवस्तुकाे बाँडगंगा नगरपालिकाका ५७ वर्षे पुरुष हुन् । याे सँगै गण्डकीका १० जिल्लामा संक्रमण देखिएकाे छ । मुस्ताङ जिल्लामा संक्रमित भेटिएका छैनन् । मुस्ताङमा त बाहिरबाट आएका मानिसलाई जिल्ला प्रवेशमा राेक लगाइएकाे छ ।
पालिकाहरुले पनि आन्तरिक रुपमा लकडाउन गरेका छन् । म्याग्दीका सिडियाेलाई समेत मुक्तिनाथ जानबाट स्थानीयले राेक लगाएका थिए ।
यसैगरी नवलपुरमा १८, तनहुँमा १२, गाेरखामा थप ११ जनामा काेराेना पुष्टि भएकाे छ । नवलपुरका १ जनाकाे भरतपुर अस्पतालमा गरिएकाे परीक्षण काेराेना पुष्टि भएकाे हाे । बाँकी सबैकाे परीक्षण पाेखरामै गरिएकाे हाे ।

मनाङसँगै बिहीबार बिहान ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ | मनाङको १ जना कपिलबस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएको रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |
गण्डकीमा २२ जना बिरामी निकाे भएर घर फर्केका छन् भने १ जनाकाे मृत्यु भएकाे छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया