पाेखराकाे बुद्ध हस्पिटलमा महिलालाई क्वारेन्टाइन

पोखरा
पोखरा महागनरपालिकाले महिलाहरुका लागि मात्रै छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । वडा नम्बर ३ मा रहेको बुद्ध हस्पिटललाई महिलाका लागि क्वारेन्टाइन बनाएको हो । विदेशबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।
पहिला वृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । बृद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता छ । वडा नम्वर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन आग्रह गरेपछि बुधबार महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले आजै अनुगमन गरेकाे छ ।
उपप्रमुख गुरुङले २० जनाका लागि बेड तयार गर्न निर्देशन दिइन् । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित आजै (बुधबार) २० जना राख्न सकिने गरी बेलुकासम्म आवश्यक व्यवस्था मिलाउनुस्,’ उनले भनिन्, ‘भारतबाट ८ जना महिला पोखरा आउँदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ ।’ महिला र पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएको उपप्रमुख गुरुङले बताइन् । उनले भनिन्, ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेका छौं ।’
क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलाहरुलाई नदीपुरमा राखिने छ ।
…









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया