पाेखराकाे बुद्ध हस्पिटलमा महिलालाई क्वारेन्टाइन

समाधान संवाददाता २०७७ असार ४ गते ७:५४

पोखरा


पोखरा महागनरपालिकाले महिलाहरुका लागि मात्रै छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । वडा नम्बर ३ मा रहेको बुद्ध हस्पिटललाई महिलाका लागि क्वारेन्टाइन बनाएको हो । विदेशबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।

पहिला वृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । बृद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता छ । वडा नम्वर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन आग्रह गरेपछि बुधबार महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइरालासहितको टोलीले आजै अनुगमन गरेकाे छ ।

Advertisement

उपप्रमुख गुरुङले २० जनाका लागि बेड तयार गर्न निर्देशन दिइन् । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित आजै (बुधबार) २० जना राख्न सकिने गरी बेलुकासम्म आवश्यक व्यवस्था मिलाउनुस्,’ उनले भनिन्, ‘भारतबाट ८ जना महिला पोखरा आउँदै हुनुहुन्छ उहाँहरुलाई यहाँ राख्नुपर्छ ।’ महिला र पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएको उपप्रमुख गुरुङले बताइन् । उनले भनिन्, ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेका छौं ।’

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलाहरुलाई नदीपुरमा राखिने छ ।


Advertisement

तपाईको प्रतिक्रिया