पर्वतका ५ जनामा कोरोना, प्रदेशभर संक्रमित २९४ पुगे

समाधान संवाददाता २०७७ असार ४ गते ८:१९

समाधान संवाददाता

Advertisement

पर्वतका ३ वटा पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहिबार बिहान ८ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४ पुरुष र १ महिलामा कोरोना पुष्टि एको हो ।

कुश्मा नगरपालिकाका ४२ वर्षे पुरुष र २० वर्षीय महिला, फलेवास नगरपालिकाका ३७ र ३० वर्षे पुरुष र मोदी गाउँपालिकाका ३० वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो ।

सबै संक्रमित भारतबाट आएर जिल्लाका पालिकाले कुश्मामा बनाएको क्वारेन्टाइनमा बसेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया