५ जिल्लाका ३० जनामा कोरोना, गण्डकीमा संक्रमित ३ सय नाघे

समाधान संवाददाता २०७७ असार ४ गते ९:५५

समाधान संवाददाता

गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनाल गण्डकीले ५ जिल्लाका ३० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

निर्देशनालयले बिहीबार बिहान ९ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार नवलपुरमा १३, स्याङ्जामा ९, पर्वतमा ४, तनहुँमा ३ र बागलुङमा १ संक्रमित थपिएका हुन् ।

Advertisement

यसअघि आज बिहान मात्रै ५ जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको थियो । अहिले थपिएका ३० सहित गरेर गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया