चलचित्र पत्रकारहरुकाे कोरोना बीमा

पोखरा
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले आफ्ना पदाधिकारी र साधारण सदस्यहरुको कोरोना बीमा गरेको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने आफ्ना सदस्य पत्रकारहरुको ख्याल राख्दै संस्थागत रुपमा उनीहरुको बीमा गरिएको संघले जनाएको छ ।
शिखर इन्स्योरेन्स लिमिटेडमार्फत संघमा आबद्ध पत्रकारहरुको बीमा गरिएको हो । ‘अहिलेको समयमा पत्रकारहरु फ्रन्टलाइनमा रहेर समाचार सम्प्रेशण गरिरहेको अवस्था हो । र, यस्तो अवस्थामा उनीहरुको अवस्थालाई विशेष ध्यान दिँदै हामीले संस्थागत रुपमा बीमा गर्ने निर्णय गरेका हौँ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
कोरोना बीमाका लागि संघ र शिखर इन्स्योरेन्स लिमिटेड कास्की शाखाबीच सहमति भएको थियो । ‘यो सिमित समयका लागि हुने बीमा हो । र, बीमा भैसकेपछिको अवस्थामा कोरोना संक्रमण देखिएमा त्यस्ता व्यक्तिलाई कम्पनीले १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।’ शिखर इन्स्योरेन्स लिमिटेडका कास्की शाखा प्रमुख शिव सुवेदीले बताए ।
पत्रकारहरुको बीमाका लागि पोखरा नेपाल–यूके फाउन्डेशनका जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक सहयोग गरेका हुन् । ‘हामी विदेशमा रहँदै गर्दा पनि नेपालको अवस्थाको बारेमा जानकार छौँ । र, कोरोनाको बेलामा पनि पत्रकारहरु फ्रन्टलाइनमा रहेर पत्रकारिता गरेको हामीले देखिरहेकै छौँ ।’ यूकेबाट सहयोगदाताहरु जगत र भीम महेन्द्रले भने, ‘त्यसैले हामीले पत्रकारहरुका लागि आफूहरुको तर्फबाट केही सहयोगी हात अगाडि बढाएका हौँ ।’आर्थिक सहयोगदाता जगत गुरुङ र भीम महेन्द्र गुरुङ पोखराका स्थानिय हुन् ।
लामो समयदेखि यूकेमा रहेर कर्म गरिरहेका यी दुईले विभिन्न सामाजिक अभियानहरु संचालन गर्दै आएका छन् । उनीहरुकै पहलमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले यसअघि पोखरा नेपाल–यूके फाउन्डेशनसँग सहकार्य गरि लकडाउनको कारण समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण समेत गरिसकेको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया