लकडाउनमा रोकियो १५ बालविवाह
समाधान संवाददाता
२०७७ असार ४ गते १४:१९

रासस, हेटाैडा ।
बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ ।
सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ ।
स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताउनुुभयो ।
उहाँले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताउनुभयो ।
चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया