प्रचारमुखी र शब्दमुखी बजेट आयो

ललितकला गुरुङ
प्रदेश सरकारको कामले संघीयताको औचित्यता पुष्टि गरिनुर्छ । तर त्यो अनुसार काम भएको छैन । क्वारेन्टाइनमा बसेकाले पानी खान पाएका छैनन् । बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स छैन । जिल्ला अस्पतालमा आइसियू छैन । सरकार स्वास्य कार्यालयलाई गाडी दिएर बस्छ । यो अव्यवहारिक भएन र ?
कोरोनालाई प्राथमिकतामा राखिए पनि बजेट त्यसरी राखिएको छैन । राम्रो शब्द समायोजन र दक्षिणारुपी बजेट आएर हुँदैन । आहातमा राहत दिने खालको छैन ।
नेकपाका सांसदको समर्थनबाट बनेको सरकार हो, सरकार त जनताको हुनसक्नुपर्थ्याे तर त्यस्तो भएन । उचाइ ५ फिट ९ इन्चको मानिस, तौल ४५ किलो, ९ थरी दीर्घरोग भएको १५ किलो उठाउन नसकन्ने तर राम्रो बोल्न सक्ने मानिस जस्तो छ यो बजेट । चुनावी बजेट जस्तो आयो । प्राथमिकता पहिचान गर्न सकिएको छैन ।
कोरोनालाई प्राथमिकतामा राखिए पनि बजेट त्यसरी राखिएको छैन । राम्रो शब्द समायोजन र दक्षिणारुपी बजेट आएर हुँदैन । आहातमा राहत दिने खालको छैन । कोभिडबाट रोजगारी गुमाएकालाई रोजगारी दिनका लागि निकै थोरै बजेट विनियोजन गर्ने सरकारले सहकारी क्षेत्रका लागि भने राम्रो बजेट राखेको छ ।
साना सिँचाइको बजेट नाम मात्रको छ । होमस्टेलाई रमाउने मात्र होइन सिकाइ केन्द्रको रुपमा विकास गर्ने तर्फ सरकारले सोचेको छैन । व्यवसाय जीन रक्षा कोषमा पर्याप्त बजेट आउन सकेको छैन । महिला विपन्न युवा र बालबालिकालाई यसले समेट्न सकेको छैन । विषयमा समेटियो तर बजेटमा समेटिएन । विभिन्न जातजातिको सांस्कृतिक संरक्षणमा बेवास्ता गरिएको छ ।
पञ्चायतकालमा जस्ता प्रचारमुखी र शब्दमुखी छ कार्यक्रम ल्याइन्छ । राष्ट्रपति रनिङ सिल्ड मात्र होइन यहाँ त मुख्यमन्त्री कपहरु हुन थालेका छन् । बजेट कार्यान्वयन असम्भवमुखी छ । आम्दानीको स्रोत निकै कम छ । चालु खर्च बढाएर सरकारले राम्रो काम गरेन ।
गण्डकी प्रदेश सभामा बजेटमाथिकाे छलफलका क्रममा प्रदेश सभा सदस्य गुरुङले राखेकाे विचार ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया