सरकारले कार्यशैली फेर्नुपर्छ

दीपक कोइराला
चालु खर्च घटाउने लक्ष्य सरकारले लिए पनि बढाउनुपर्ने अवस्थामा सरकार आइपुपुगेका छ । कर्मचारीको भत्ता कटौतीले मात्र चालु खर्च घट्दो रहनेछ । यसका लागि आन्तरिक आम्दानी वृद्धि गर्नुपर्ने छ । चालु खर्च बढाउँदा हाम्रो राजश्वमा वृद्धि गर्ला कि भन्ने आशा भने गर्न सकिन्छ ।
बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन जरुरी । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ ।
यो बजेट कार्यान्वयन गर्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ । कोरोनाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । परिस्थितिले हामीलाई ठीक ठाउँमा ल्यायो । यसले जनताको आधारभूत आवश्यकता त समेटेको छ र समाजवादका आधार तयार गर्छ ।
कृषिलाई उद्योगसँग जोड्ने र रोजगारी वृद्धि गर्ने । आत्मनिर्भतातिर लैजान्छ । हामीले विश्वसँग प्रतिस्पर्धा गर्ने भनेकै कृषिले हो । कृषि उत्पादन बढाउन सके आयात विस्थापन गरी निर्यात बढाउन सकिन्छ । व्यापार घाटा घटाउन सकिन्छ । यसैमा बजेट केन्द्रित छ ।
कतिपय कार्यक्रम पोहोर आएर अहिले छुटेका पनि छन् । फेवातालदेखि बेगनास ताल जोड्न मोनोरेलका कार्यक्रम पोहोर सुनिएका थिए । लक्षित वर्गलाई क्षमता अभिवृद्धि भनेर बर्सेनि बजेट छुट्याइएको हुन्छ । लगाता क्षमता अभिवृद्धि भनेर बजेट सक्नु भन्दा पनि कुनै प्रोजेक्ट दिनुप¥यो । एनजिओ शैलीबाट काम गरेर हुँदैन सरकारले ।
बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन जरुरी । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ । खर्च हुन नसकेको रकम राखेर बजेट बढाएर गौरव मात्र गरेर के गर्ने ?
गण्डकी प्रदेश सभामा बजेटमाथिकाे छलफलका क्रममा प्रदेश सभा सदस्य काेइरालाले राखेकाे विचार ।




पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया