नीति तथा योजना आयोग प्रभावकारी भएन

समाधान संवाददाता २०७७ असार ४ गते १६:५४

भागवतप्रकाश मल्ल

Advertisement

अहिलेको बजेट बारेमा छलफल गरिरहँदा गत आवको बजेट किन खर्च हुन सकने भनेर समीक्षा गर्नु जरुरी छ । के अब विकास निर्माणले हामीले पुगेको हो ? हैन भने छुट्याइएको रकम किन खर्च हुन सक्दैन ? सरकार र सरकारी निकाय किन अलमलिएका छन् । कर्मचारी र मन्त्रीबीचको बेमेल हो कि के हो बुझ्न सकिएको छैन ।


प्रदेश नीति तथा योजना आयोगको काम प्रभावकारी देखिएको छैन । अझ यसलाई यो वर्ष बजेट बढाइएको छ ।

Advertisement

स्याङ्जाको गल्याङमा मनकामना सिञ्चाइ योजनामा २५ लाखको काम हुँदा पनि भुक्तानी भएको छैन । पटक पटक डिजाइन परिवर्तन गरिनुपर्छ भनिन्छ । मन्त्रीलाई यसबारेमा सोध्दा पनि भन्दा थाहा छैन भन्ने जवाफ आउँछ ।

आधारभूत खानेपानी नपु¥याउने सरकारले १ घर १ धारा कसरी पु¥याउँछ ? १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम पनि प्रभावकारी भएका छैनन् । १ स्थानीय तह १ खेलमैदान भनिएको छ । खै काम कहाँ भयो त ?

Advertisement

सवारी करलाई प्रमुख आम्दानी भनिएको छ । तर यातायात व्यवसायीलाई बजेटले समेट्न सकेन । नवीकरण शुल्कका लागि लकडाउन खुलेको ६० दिन भनिएको छ । यसले मात्र उनीहरुले राहत महसुस गर्न पाउँदैनन् । उनीहरुको संरक्षणमा सरकार संवेदनशील हुनुपर्छ ।

प्रदेश नीति तथा योजना आयोगको काम प्रभावकारी देखिएको छैन । अझ यसलाई यो वर्ष बजेट बढाइएको छ । राम्दी नाकाको पुल निकै जीर्ण भइसकेको छ । नीति तथा आयोगले संघ सरकारसँग समन्वय गर्नुपर्छ ।

बजेट खर्च नगरी ७ अर्ब जोगाउने मन्त्रीज्यूहरलाई धन्यवाद दिन मन लागेको छ । यो वर्ष भौतिक योजनामा बजेट घटाइएको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीसँग साइनिङ मनि लिइन्छ । नीतिगत भ्रस्टाचार अब रोकिनुपर्छ । जताततै भ्रष्टाचार व्याप्त छ ।

गण्डकी प्रदेश सभामा बजेटमाथिकाे छलफलका क्रममा प्रदेश सभा सदस्य मल्लले राखेकाे विचार ।

तपाईको प्रतिक्रिया