एक्याप र एमक्यापको रोयल्टी प्रदेशमा आउनुपर्छ

मायानाथ अधिकारी
महामारीको असामान्य अवस्थामा पनि सरकारले अभिभावकत्व ग्रहण गरेर ल्याएको बजेट स्वागतयोग्य छ । कोभिड १९ को पहिलो प्राथमिकता जनताको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । क्वारेन्टाइनको व्यवस्था र पिसिआरलाई अझै व्यापक बनाउनुपर्छ । जुन कुरा बजेटमा समेटिएको छ ।
यसवाहेक स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा धेरै राम्रा कुरा आएका छन् । शिक्षा क्षेत्रमा गण्डकी विश्वविद्यालयले चिकित्सा र सूचना प्रविधिको पढाइ सुरु गर्दै छ । श्रम रोजगारका क्षेत्रमा पनि निकै सकारात्मक कार्यक्रम छन् । पहिलोपटक भगत सर्वजीत सीप विकास कार्यक्रम आएको छ । यसले लक्षित वर्गलाई समेट्छ ।
कृषिमा पनि धेरै राम्रा कार्यक्रम आएका छन् । कृषकको उपजको बजार व्यवस्थापनलाई बजेटले समेटेको छ । भौतिक पूर्वाधारमा पनि क्रमागत योजनालाई निरन्तरता दिइएको छ । विगतमा समयमै काम नहुने क्रम रोक्न सरकारले केही प्रतिबद्धता पनि जनाएको छ । साउन १ गतेबाट आव सुरु हुनेमा प्रथम चौमासिकका योजना सम्झौता गरिसक्ने, आयोजना बैंकले आयोजनाको प्राथमिकीकरण गर्ने जस्ता विषयले सरकारको विकासप्रतिको संवेदनशीलता प्रष्ट भएको छ ।
गण्डकी प्रदेशमा भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनाश्लु संरक्षण क्षेत्र आयोजनाको रोयल्टी अब संघसँगै प्रदेश सरकारले पनि पाउनुपर्छ ।
परिस्थिति बदलियो मनस्थिति परिवर्तन भएन, कार्यशैली पुरानै रह्यो । अहिलेको परिवेश अनुसार चल्नसक्नु पर्छ । भत्ता खारेको कुरा सकारात्मक छ । अनुगमन र मूल्यांकनलाई प्रभावकारी बनाउनुपर्छ । पहिला आर्थिक उदारीकरण र निजीकरणका नाममा धेरै उद्योग बन्द र विस्थापित भए । धेरै मानिस बेरोजगार भए । आत्मनिर्भर स्वाधीन अर्थतन्त्रको बाटोमा हामी जानु पर्छ भन्नेमा सरकार प्रष्ट छ ।
सरकार फेरिएसँगै योजना फेरिने होइन । सरकारले अभिभावकत्व दिन सकेको छैन भन्ने झुट हो । अभिभावकत्व दिइरहेको छ । अहिले सरकारले प्रभाकारी रुपमा काम भइरहेको छ । पहिला टेकुमा मात्रै महामारीको उपचार गर्ने अस्पताल थियो । बिरामीहरु हङकङ जानु पथ्र्यो ।
पहिलेका सरकारले किन काम गरेनन् । अहिले त २२ भन्दा बढी ठाउँमा डेडिकेटेड अस्पताल बनेका छन् । खर्च प्रदेश सरकारहरुले बेहोरेका छन् । काम अझै प्रभावकारी बनाउनुपर्छ । महत्वपूर्ण जीवन रक्षा हो त्यसमा सरकारले काम गरिरहेका छ । भएन मात्र भनेर हुँदैन के भएन भनेर भन्न सक्नु पर्यो नि ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद अधिकारीले बिहीबार व्यक्त गरेको विचार









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया