बजेटले सबै क्षेत्र समेटेको छ

समाधान संवाददाता २०७७ असार ५ गते ७:२४

महेन्द्र थकाली


कोरोना नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याइएको छ । यतिमात्र नभएर स्वास्थ्यका अन्य शीर्षकमा समेत बजेट विनियोजन गरेकाले बजेट पूर्ण सफल हुनेछ भन्ने विस्वास । स्याउमा आत्मनिर्भर बनाउन मनाङमा उच्च घनत्वको स्याउका बिरुवा वितरण मात्र नभइ कृषिका धेरै राम्रा कार्यक्रम यसमा समेटिएको छ ।

शिक्षामा गण्डकी विश्वविद्यालय, प्राविधिक प्रतिष्ठानका लागि गरिएको बजेट बिनियोजनबाट सरकारको प्राथमिकता प्रष्ट भएको छ ।

Advertisement

पर्यटनसँग सम्बन्धित सबै व्यवसाय अहिले ठप्प छ । व्यवसाय पुनर्जीवन कोष खडा गरिएको छ । यसमा मेरो विशेष अनुरोध छ । एउटै शीर्षकमा बजेट राख्नु भन्दा विषयगत बजेट विनियोजन गरेर जाँदा राम्रो हुने थियो । मुस्ताङको लोमान्थाङ र गोरखा दरवारलाई विश्व सम्पदा सूचीमा दर्ता गर्न बजेट विनियोजन गरिएको छ यो निकै राम्रो पक्ष हो ।

संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद थकालीले बिहीबार व्यक्त गरेको विचार

Advertisement

तपाईको प्रतिक्रिया