भ्रष्टाचार रोकिनुपर्छ

समाधान संवाददाता २०७७ असार ५ गते ७:२७

विनोद केसी

Advertisement

सानोमा दसैं आउँदा बालबालिकाले कपडा किनदिन भन्दा बुवाआमाको अनुहार मलिनो हुन्थ्यो । अहिले आएर थाहा भयो किन त्यस्तो हुँदो रहेछ भनेर । सरकार त्यही अवस्थामा छ । सबैले मागेका योजना पु¥याउन सक्दो रहेनछ । कोरोनाका कारण पोहोर निर्धारण गरेका प्राथमिकता परिमार्जन गरेर आएको छ । धेरै विषयलाई सम्झने र छुने गरी बजेट आएको छ ।

हौस्याउने प्रवृत्ति र खबरदार गर्ने दुवैथरी अतिवादबाट माथि उठेर प्रदेश सरकारले काम गर्नु पर्नेछ । सरकार बजेट कार्यान्वयन गर्न कहाँ चुक्यो भन्ने खोजी गर्नुपर्ने छ । सुशासन प्रत्याभूत गराउन सक्नुपर्छ । तितो सत्य हो भ्रस्टाचार प्रणाली रोक्नु पर्छ । यो सरकारले मात्र भ्रस्टाचार गरेको भन्ने होइन । बादललाई समात्ने तागत नभएझै भ्रस्टाचारलाई निर्मुल पार्ने सकिएको छैन । हामीले बनाएका नीति लामो समय टिक्ने र हुवहु कार्यान्वयन हुनेछ भन्ने विश्वास छ मलाई ।

संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद केसीले बिहीबार व्यक्त गरेको विचार

Advertisement

तपाईको प्रतिक्रिया