क्रसरमा सरकार छिर्न सक्दैन

समाधान संवाददाता २०७७ असार ५ गते ७:४०

डोबाटे विश्वकर्मा


निरन्तर ३ वर्षदेखि हामी बजेटमाथि छलफल गर्दै आएका छौं । कतिपय योजना कितावमा मात्र सिमित भएको र कार्यान्वयनमा नगएको पाइएको छ । यो बजेट कति आकारको आयो भन्दा पनि कार्यान्वयन पक्ष महत्वपूर्ण हो ।

यो बजेट पीपलपाते होइन भन्नु भएको छ अर्थमन्त्रीज्यूले । पीपलपाते हो कि वरपाते हो प्रस्ट गरिनुपर्छ । पहिलो वर्षमा कर्मचारी भएननन् । दोस्रो वर्षमा कार्यविधि भएनन् । तेस्रो वर्षमा कोरोनाले काम गर्न पाइएन । कति राम्रो बाहान मिलेको छ सरकारलाई ।
यो १० महिनासम्म बजेट खर्च नसकेको कुरा जनतालाई सरकारले जवाफ दिनु पर्दैन । कोरोना त अहिले आयो । सुरुका १० महिना के आएको थियो ?

Advertisement

महिला, दतिलका नाममा आएको बजेट कार्यान्वयन नै भएका छैनन् । महिलालाई रोजगारी दिने भनिए पनि काम भएको छ । युवा र दलितका नाममा पोहोर १ करोड रुपैयाँ छुट्याइयो । निमुखाको बजेट कोरोनाका कारण किन रोकिनु पर्ने । अनि धनी र जग्गा हुनेका लागि मात्रै व्यावसायिक कृषि हो कि भूमिहीन र सुकुम्वासीले गर्न पाउने हो । यो बजेटले भूमिहीन र सुकुम्वासीका लागि केही बोलेको छैन ।

कोरोना नियन्त्रणका लागि हरेक तयारी छ भनियो । पिसिआर रिपोर्ट नआएकै कारण क्वारेन्टाइनमा धेरै समय बस्नुपर्ने छ । यसबाट प्रष्ट छ सरकारले काम गरेको छैन ।
क्रस उद्योगलाई मापदण्डमा ल्याउन त परै जाओस्, त्यहाँभित्र छिर्ने आँट सरकारसँग छैन । ३ वर्षदेखि हामीले उठाउँदै आएको कुरो हो । तर सरकारले गर्न सक्दैन । भ्रष्टाचारलाई शून्यमा झार्ने भनिएको छ । चालु खर्चमा पनि केही रकम बच्नुपर्ने थियो कि नपुग हुनुपर्ने । कागज मिलाएर संस्थागत भ्रष्टाचार गरियो भन्ने लाग्छ । जिल्ला समन्वय समितिलाई थप बजेट विनियोजन गरिनुपर्छ । दमौली अस्पतालको स्तरवृद्धिका लागि प्राथमिकतामा राखेर बजेट राख्न अनुरोध गर्छु ।

Advertisement

संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद विश्वकर्माले बिहीबार व्यक्त गरेको विचार

तपाईको प्रतिक्रिया