महिलाका विषय पुरुषले पनि उठाउनुपर्‍यो

समाधान संवाददाता २०७७ असार ५ गते ७:४३

प्रभा कोइराला

हामी सामु खडा भएको चुनौतीको सामना गर्दै बजेट कार्यान्वयनमा जानुपर्ने छ । शान्ति स्थिरता र विकास तत्कालीन लक्ष्य हो । समाजवादमा रुपान्तरण हाम्रो दीर्घकालीन लक्ष्य हो । समानतामा आधारित लोककल्याणकारी मुलुक स्थापनाका लागि बजेट क्रियाशील छ । नेपाल कृषि खाद्य र ऊर्जामा आत्मनर्भिर बन्दैछ । आवश्यकता अनुसारका नियम कानुन बनिरहेका छन् ।

कोरोना नियन्त्रण र रोकथाममा सरकार क्रियाशील छ । धेरै थरि सरकार हामीले बेहोरियो । अरुलाई डोकाभरी अर्ति उपदेश दिने आफूले लिने बेलामा तीलको गेडा जसरी गन्ने प्रवृत्ति देखेकी छु मैले ।

Advertisement

जनसंख्याको आधा हिस्साभन्दा बढी ओगटेको महिलाका विषय महिलाले मात्र उठाउने होइन । अब महिलाका विषय पुरुषले पनि उठाउनु पर्छ । महिलाका लागि छुट्याइएका बजेट प्रष्ट शीर्षक खुलाइनुपर्छ । मानव संशाधनका विषयलाई पनि ख्याल गरिनुपर्छ । ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने गरी बजेट आउनुपर्छ बजेट कार्यान्वयनमा अझै जोड दिनु पर्छ ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद कोइरालाले ले बिहीबार व्यक्त गरेको विचार

Advertisement

तपाईको प्रतिक्रिया