गण्डकीमा आजमात्रै थपिए ५६ संक्रमित

समाधान संवाददाता २०७७ असार ५ गते ११:१२

गण्डकी प्रदेशमा शुक्रबार मात्र ५ स्वास्थ्यकर्मीसहित ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज ११ बजे जारी गरेकाे विज्ञप्ति अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ | पछिल्लाे पटक ३२ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसअघि आज नै पर्वतमा ५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएकाे थियाे । बिहान नै ४ जिल्लाका २४ जनामा काेराेना पुष्टि भएकाे थियाे ।

Advertisement

पछिल्लाेपटक पर्वतका ५ स्वास्थ्यकर्मीसहित बागलुङमा १० र तनहुँमा १७ संक्रमित थपिएका हुन् ।

सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा छन् । सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

Advertisement

तपाईको प्रतिक्रिया