स्याङ्जाबाट भागेका संक्रमितको खोजी जारी
समाधान संवाददाता, स्याङ्जा
भारतबाट आएर क्वारेन्टाइनमा बसेर भागेका १ व्यक्ति संक्रमित भेटिएपछि जिल्ला प्रशासन स्याङ्जाले खोजी तीब्र पारेको छ ।
आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट २ जना भागेकोमा १९ वर्षीया युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गते परिवार सँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।
आँधीखोला ५ का १९ वर्षे युवा ३४ वर्षे भाउजु, १३ वर्षे भजिता सँगै आएको र सबैमा कोरोना संक्रमण भेटिएको थियो ।
स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा १ साथीसँगै जेठ ३२ गते भागेको प्रजिअ गंगाबहादुर क्षेत्रीले बताए । भागेका युवामध्ये १ जनाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजीलाई तिब्र पारेको क्षेत्रीले जानकारी दिए ।
कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार ९ जना कोरोना संक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो ।
स्याङ्जामा शुक्रबार कालीगण्डकीमा ३६ वर्षे १ जना र पुतलीबजारमा ६३ वर्षे १ जना पुरुषमा संक्रमण भेटिएसँगै जिल्लामा संक्रमितको संख्या ७५ पुगेको छ । सात जना निको भएका छन् । एकजनाको निधन भएको छ ।
तपाईको प्रतिक्रिया