उच्च जनवादका आधारमा बजेट

गायत्री गुरुङ
सेता सर्टलाई सेतो भन्न राखिएका छैनौं । कालो भनिरहेका छौं । कसैलाई सोध्दा खै आज त चस्मा ल्याएको छैन, सेतोजस्तो पनि लाग्छ, कालोजस्तो पनि लाग्छ भनेको पाउँछौं । बजेटलाई परम्परवादी भन्दा हामी हाम्रो धर्म निर्वाह गर्ने सन्दर्भमा परम्परावादी त भएका छैनौं । जनताले यो माननीयले सही कुरा राखेका भनेर भन्लान् त ?
बजेटले अहिलेसम्मका उपलब्धि संस्थागत गरेको छ । जनतालाई कोभिडबाट कसरी बचाउने भनेर उद्देश्य राखेको छ । वित्तीय सुशासन कायम गर्ने कुरा आएको छ । संघीय शासन प्रणाली मजबुद बनाउने उद्देश्य बजेट आएको छ ।
कोभिड १९ का लागि २ अर्ब ९१ लाख विनियोजित भएको छ । अहिलेको स्थितिले वस्तुगत ढंगले विश्लेषण गरेर यो बजेट आएको छ । स्वाथ्य, शिक्षा, कृषि, पर्यटन, ऊर्जा, सिँचाइ, सूचना सञ्चार, महिला, दलित, जनजाति सीमान्तीकृत सबै समेटिएको छ । उच्च जनवादको आधारमा बजेट आएको छ । अर्थमन्त्रीले घनीभूत छलफल गरेर यो बजेट ल्याउनु भएको छ ।
गण्डकी प्रदेशका जनताको अभिभावक प्रदेश सरकार हो । अभिभावकको भूमिका सरकारले पूरा गरेको छ । आपत्ति गर्ने केही कुरा मैले देखिराखेको छैन । आपत्ति त्यतिबेला गर्नुपर्छ, अर्थमन्त्रीले प्रदेशलाई समृद्ध बनाउन भन्नुभयो भने आपत्ति मान्नुपर्छ ।
सुझाव कार्यान्वयनका सन्दर्भमा दिन चाहन्छु । कार्यान्वयन पक्ष किन फितलो भइरहेको छ ? पुँजीगत खर्च किन भइराखेको छैन, समीक्षा गर्नुपर्छ । सबै क्षेत्रमा समानुपातिक र सन्तुलित बजेट विनियोजित गर्नुपर्छ भन्ने मलाई लाग्छ । महिला जनजाति, आदिवासी र सहिद र वेपत्ता परिवारका लागि ठोस कार्यक्रम आउनुपर्छ भन्ने पनि मलाई लाग्छ ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सांसद गुरुङले राखेकाे विचार।
तपाईको प्रतिक्रिया