विकास निर्माणका प्रक्रिया झन्झटिला छन्

सावित्रा राना
विषम परिस्थितिमा अत्यन्तै महत्वका साथ दीगो विकासका लक्ष्य पछ्याउँदै जनउत्तरदायी बजेट प्रस्तुत गर्नुभएकोमा अर्थमन्त्री किरण गुरुङ र प्रदेश सरकारप्रति आभार प्रकट गर्न चाहन्छु । कोरोना भाइरसबाट आहात भइरहेको बेला विदेशबाट फर्कनेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ ।
जनताको जीवन रक्षा सरकारको दायित्व हो । कोरोना रोकथाम गर्न ६० करोड ४० लाख विनियोजन भएको छ । सरुवा रोग उपचार गर्ने अस्पलाका लागि बजेट आएको छ । सुत्केरी र गर्भवतीको उद्धारका लागि कार्यक्रम छ । जिल्ला अस्पतालहरुको स्तरोन्नतिको बजेट आएको छ ।
स्वास्थ्य क्षेत्रमा भएको बजेट विनियोजनले सरकार जनताको स्वास्थ्यप्रति बेवास्ता गर्नेहरुलाई सरकार गम्भीर छ भन्ने जवाफ भएको छ । आन्तरिक स्रोत सिर्जना गर्ने पक्षमा बजेट बोलेको छ । समाजवाद उन्मुख अर्थतन्त्रको आधार तय गर्ने बजेट आएको छ । वित्तीय सुशासनको कुरा बजेटले बोलेको छ । सुशासनका लागि सरकार निमित्त बन्नुपर्छ । म यो सुझाव दिन चाहन्छु । प्रदेश सरकारले स्थापनाकालदेखि नै लक्ष्य निर्धारण गरेको छ । घरघरमा धारा पुर्याउने, बिजुली पुर्याउने, खेतबारीमा सिँचाइ पुर्याउने कार्यक्रम छन् । दीगो विकासका लागि कार्यक्रमलाई निरन्तरता दिनु उपयुक्त हुन्छ भन्ने ठान्छु ।
यो बजेटले अर्थतन्त्र चलायमान हुनेछ र समृद्ध प्रदेशमा इटा थपिने छ भन्ने बुझेकी छु । कार्यान्वयनको पाटो महत्वपूर्ण हो । कर्मचारीको अभाव छ । विकास निर्माणको प्रक्रिया झन्झटिला छन् । तर पनि विकासको गति बढाउनुपर्छ ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सांसद रानाले राखेकाे विचार।
तपाईको प्रतिक्रिया