आर्थिक क्रियाकलापमा अगाढि बढाउने बजेट
मीनप्रसाद गुरुङ
हामी अहिले कोभिड १९ को त्रासले आक्रान्त छौं । गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना, मुलुकको पन्ध्रौं पञ्चवर्षीय योजना र दीगो विकासका लक्ष्यलाई समेट्दै यो बजेट आएको छ ।
क्षेत्रगत रुपमा यो बजेटले पूर्णता पाएको म ठान्छु । समय सापेक्ष ढंगले बजेट आएको छ । ऐतिहासिक, प्राकृति सम्पदा, ज्येष्ठ नागरिक, महिला, दलित सबैलाई समेटेको छ । आर्थिक क्रियाकलापमा अगाढि बढाउन बजेट आएको छ ।
शंकैशंकामा लंका जलेर खरानीमात्रै हात पर्ने निश्चित छ । त्यसैले बाँगो दृष्टि राखेर रामायण पढ्यौं भने सीता कसकी जोई भनेर पत्ता लगाउन सक्दैनौं । कार्यान्वयनको चुस्तताको खाँचो अझै छ ।
प्रदेशको पञ्चवर्षीय योजनाले १० खर्ब बजेट माग गर्छ । तर ३ वर्षका बजेट गर्दा पनि १ खर्बको नेरोघेरोमा छौं । सरकारको सफलताको असफलता यसको कार्यान्वयनमा भर पर्छ । जनताको आशा र भरोसा पूरा गर्न सफलता सरकालाई मिलोस् भन्ने शुभकामना दिन्छु ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सांसद गुरुङले राखेकाे विचार।
तपाईको प्रतिक्रिया