‘व्यवसायी राज्यप्रति उत्तरदायी हुनुपर्छ’

समाधान संवाददाता २०७७ असार ५ गते १५:००

समाधान संवाददाता
लेखनाथ

कोरोना भाइरसका कारण थला परेको अर्थतन्त्रलाई माथि उठाउन राज्य र व्यवसायी बीचको सम्वन्ध बलियो हुनु पर्ने बताइएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ अन्तरगत गठित उद्योग विकास उपसमितिको बिहीबार बसेको बैठकले व्यवसायीलाई अप्ठ्यारो पर्दा राज्यले र राज्यलाई अप्ठ्यारो पर्दा व्यवसायीले सहयोग गर्नु पर्नेमा जोड दिइएको हो ।

Advertisement

सोही अवसरमा व्यवसायीहरु राज्यप्रति उत्तरदायी हुनु पर्ने र राज्यले पनि आफ्नो दायित्व पूरा गर्न सक्ने हो भने पूर्ववत रुपमा उद्योग धन्दा सञ्चालन गर्न सकिने धारणा राखिएको थियो ।

उद्योग विकास उपसमितिका संयोजक दयाराज भण्डारीको अध्यक्षतामा बसेको बैठकमा संघका अध्यक्ष बलराम ढकाल, महासचिव गोपिचन्द्र बास्तोला, कार्यसमिति सदस्य विक्रम कर्माचार्य र मेघराज पौडेल लगायतले विचार राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया