मापदण्ड पालना गरेर मात्रै व्यापार गर

रासस, काठमाण्डु ।
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ ।
सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।
कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
अध्यक्ष कटुवालले ‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनसमेत महासङ्घ उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया