मापदण्ड पालना गरेर मात्रै व्यापार गर

रासस, काठमाण्डु ।
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ ।
सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गर्नुभएको हो ।
कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
अध्यक्ष कटुवालले ‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनसमेत महासङ्घ उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया