संघीयतालाई उपहास गर्ने बजेट

समाधान संवाददाता २०७७ असार ५ गते १६:२१

मणिभद्र शर्मा

Advertisement

बजेट लक्ष्य पूरा गर्न अत्यन्त अपर्याप्त छ । संसदलाई बलियो बनाउन बजेट अपर्याप्त छ । संघीयतालाई उपहास गर्न खोजेको मैले बुझें । मितव्ययिताको नारा चर्काएका छौं । तर सेतो हात्तीजस्ता कार्यक्रम पनि छन् । प्रदेश विकास प्राधिकरण पनि मितव्ययितासँग मेल नखाने मलाई लाग्यो । ५८ प्रतिशतमात्रै खर्च गरिँदा १० हजार जनालाई रोजगारी घोषणा गरिएको थियो, तर डाटा माग्दा सरकारले २ हजारको पनि डाटा दिन सकेन । योजना आयोगले १ लाख बेरोजगार छन्, विदेशबाट आएका थपिँदा डेढ लाख पुग्छन् भनेको छ । तर यही शैलीले रोजगारी दिन सक्छौं ?

रोग र भोकबाट जनतालाई बचाउन बजेट केन्द्रित हुन सकेको छैन । कृषिमा अहिले ४३ प्रतिशत जमिन प्रदेशको बाँझो छ । त्यहाँ कसरी बेरोजगारलाई सेटअप गर्न सक्छौं भनेर बजेटले बोल्न खोजेको देखिँदैन । फिस्टा चराले गुँडबाट हुर्केपछि बाँसको टुप्पामा बसेर बाँस नुघाएँ भन्दा आमा फिस्टाले अँ तेरो खुट्टा देखेर पत्याएँ भनेजस्तो १० हजारलाई रोजगारी दिने कुराबाट पत्याइएको छ । ढाँट्न हुँदैनथ्यो ।

Advertisement


यो सरकार गठन भएदेखि १७ करोडको डिजेल पेट्रोल खर्च भएछ । डिजेल जोगाउने कारखाना सरकारले सुरु गर्छ भन्ने सोचेको थिएँ, त्यस्तो त आएन । अब पनि फेरि डिजेल र पेट्रोल धेरै जाने होला । मितव्ययी बनाउने, पैसा विदेश जान जोगाउन हामी गम्भीर भएनौं ।

गण्डकीमा जति फलफूल तरकार बाहिरबाट आउँछ, खाद्यान्न लगायतमा गरी प्रदेश सरकारको बजेट जति नै विदेश जान्छ । सिँगारपटारका सामग्रीको खरिदबाट पनि विदेश जाने गरेको छ । त्यस्ता उद्योग हामीले यहीं गर्न सक्थ्यौं । त्यतापट्टि बजेटले छुन सकेन ।

Advertisement

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेपाली कांग्रेस सांसद शर्माले राखेकाे विचार।

तपाईको प्रतिक्रिया