क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए

पाेखरा
स्याङ्जा आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका काेराेना संक्रमित शुक्रबार दिउँसाे भालुपहाडमा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयकाे सक्रियतामा उनलाई दिउँसाे स्याङ्जाकै भालुपहाडमा भेटिएकाे र गल्याङस्थित क्वारेन्टाइनमा पठाइएकाे स्याङ्जाका सिडियाे गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
संक्रमित सँगै भागेका अर्का युवालाई कास्की प्रहरीले पाेखराकाे नागढुंगाबाट नियन्त्रणमा लिएकाे छ । उनलाई आँधीखाेलाकै क्वारेन्टाइनमा लैजाने तयारी भएकाे छ ।
आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट २ जना भागेकोमा १९ वर्षीया युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गते परिवार सँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।
आँधीखोला ५ का १९ वर्षे युवा ३४ वर्षे भाउजु, १३ वर्षे भजिता सँगै आएको र सबैमा कोरोना संक्रमण भेटिएको थियो ।
स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा १ साथीसँगै जेठ ३२ गते भागेका थिए । भागेका युवामध्ये १ जनाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजीलाई तिब्र पारिएकाे थियाे ।
कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार ९ जना कोरोना संक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया