क्वारेन्टाइनबाट भागेका संक्रमित भालुपहाडमा भेटिए

समाधान संवाददाता २०७७ असार ५ गते १६:४८

पाेखरा

Advertisement

स्याङ्जा आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका काेराेना संक्रमित शुक्रबार दिउँसाे भालुपहाडमा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयकाे सक्रियतामा उनलाई दिउँसाे स्याङ्जाकै भालुपहाडमा भेटिएकाे र गल्याङस्थित क्वारेन्टाइनमा पठाइएकाे स्याङ्जाका सिडियाे गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

संक्रमित सँगै भागेका अर्का युवालाई कास्की प्रहरीले पाेखराकाे नागढु‌ंगाबाट नियन्त्रणमा लिएकाे छ । उनलाई आँधीखाेलाकै क्वारेन्टाइनमा लैजाने तयारी भएकाे छ ।

आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट २ जना भागेकोमा १९ वर्षीया युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ २० गते परिवार सँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो ।

Advertisement

आँधीखोला ५ का १९ वर्षे युवा ३४ वर्षे भाउजु, १३ वर्षे भजिता सँगै आएको र सबैमा कोरोना संक्रमण भेटिएको थियो ।

स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा १ साथीसँगै जेठ ३२ गते भागेका थिए । भागेका युवामध्ये १ जनाको मोबाइल नम्बर अन भएको र लोकेसनको आधारमा खोजीलाई तिब्र पारिएकाे थियाे ।

कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार ९ जना कोरोना संक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया