आज थपिए ४ सय २६ संक्रमित, देशभर ८ हजार नाघ्यो
समाधान संवाददाता
२०७७ असार ५ गते १७:३०
नेपालमा शुक्रबार काेराेना संक्रमितकाे संख्या ४ सय २६ थप भएकाे ५ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो।
आज २१६ जना कोरोनामुक्त भएकाे जनाइएकाे छ । जसमा महिला ९ जना र पुरुष २०७ जना छन्।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया