गण्डकीमा थपिए ५८ संक्रमित, ४३८ पुगे
पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ | शनिबार बिहान प्रदेशका ७ जिल्लाका ५८ जनामा संक्रमण पुष्टि भएकाे छ ।
बिहानकाे विवरण अनुसार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गाेरखामा ५, म्याग्दीमा १, कास्कीमा २ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएकाे छ ।
प्रादेशिक प्रयाेगशाला पाेखरा, जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैं र भरतपुर अस्पतालमा गरिएकाे परीक्षणमा ती नतिजा आएका हुन् ।
तनहुँकाे रिसिङ गाउँपालिकाका २१ जनामा, ब्यास नगरपालिकाका २ जनामा र शुक्लागण्डकीका २ जनामा काेराेना देखिएकाे छ ।
नवलपुरकाे बुलिङटारका ११ जनामा, बाैदीकाली गापाका १ जनामा, मध्यविन्दु नगरपालिकाका २ जनामा, विनय त्रिवेणी गापाका २ जनामा र देवचुली नपाका १ जनामा काेराेना पुष्टि भएकाे हाे ।
गाेरखाकाे भीमसेन नगरपालिकाका ५ जनामा, म्याग्दीकाे मालिका गापाका १ जनामा काेराेना देखिएकाे निर्देशनालयले जनाएकाे छ ।
कास्कीकाे मादी गाउँपालिकाकी १९ वर्षे बालिकासहित २ जनामा, स्याङ्जाकाे पालिका नखुलेका १ पुरुषमा र बागलुङकाे काठेखाेला गापाका ८ जनामा शनिबार बिहान काेराेना देखिएकाे छ ।
सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाे र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पूर्ण विवरण
तपाईको प्रतिक्रिया