प्राथमिकता अनुसारको बजेट

दीपक थापा
नेपाल जलस्रोतको धनी देश हो । जलविद्युत उत्पादन सुरु भएको १ सय वर्षभन्दा बढी भइसकेको छ । नेपालमा पानी प्रयोगबाट विद्युत बलेको बेला बाँकी संसारको अधिकांश भूभाग अन्धकार थियो । आज अन्य मुलुकमा रात र दिन एकै भइसकेको बेला नेपालमा अधिकांश भूभाग अँध्यारो बन्नु दुखदायी हो । यो अवस्था रहनुमा के यो सरकार र यहाँका सांसद र मन्त्रीको दोष हो । विगतका सत्तासीनहरुको दोष हो ।
समानुपातिक समावेशी अवधारणाबाट संविधानको कार्यदिशमा हामी अगाडि बढिराखेका छौं । यहाँको जलजमिन र जनशक्तिको उपयोग गर्ने कुरामा तत्कालीन शासकले संयोजन गर्न सकेनन् ।
पिउने पानीदेखि विद्युत, सिँचाइ, पर्यटन, शिक्षा स्वास्थ्य, सूचना र प्रविधिबारे गण्डकी प्रदेशको बजेट बनेको छ । कोरोना भाइरसको भयावहका बेला पनि ठिक ढंगले बजेट अगाडि बढेको छ । सकारात्मक पक्ष धेरै छन् ।
बजेट सही ढंगले अगाडि बढेको छ । गण्डकी प्रदेशमा ११ जिल्ला र ८५ स्थानीय तह अनि ३६ निर्वाचन क्षेत्र छन्, तिनलाई सन्तुलन गरेर बजेट आएको छ । रंगशाला, भवन, विद्युतको कुरा वा सिँचाइको कुराले सबैलाई समेटेको छ । कृषिमा मुख्यमन्त्री जलवायुमैत्री कुरालाई समेटेको छ । कार्यान्वयन गर्ने विषयमा केही अपुग भयो तर कार्यान्वयनमा खास कमी देखिन्न । एउटा भवन थिएन, सदन चलाउने ठाउँ थिएन, कर्मचारी थिएनन् । कानुन थिएन । तर हामीले प्रदेशको राजधानी र नाम राख्ने काम गर्यौं ।
योजना कार्यान्वयन गर्ने सवालमा ढिला गरेको भन्ने लाग्दैन । ठिक ढंगले अगाडि आएको छ । प्रदेशका गौरवका योजना, चाहे खानेपानी, सडक होस् निरन्तरता दिने सबैबाट राय सल्लाह लिएर यी अगाडि सारेको हो । कार्य नीति र प्राथमिकताअनुसारै आएको छ ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा शुक्रबार नेकपा सांसद थापाले राखेकाे विचार।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया