पालिकामा बालविकास केन्द्र चाहिन्छ

समाधान संवाददाता २०७७ असार ६ गते ७:४८

मित्रकुमारी गुरुङ सुवेदी

Advertisement

समाजवाद उन्मुख बजेट छ । अनुत्पादन खर्च कटौती गरेको छ । उत्पादनका क्षेत्रलाई बजेट छ । पूर्वाधारका क्षेत्रलाई विनियोजन गरिएको छ । कोरोना भाइरसलाई ख्याल गरी स्वास्थ्यमा बजेट प्राथमिकता दिइएको छ । सुशासन बजेटले आत्मसात गरेको छ । विदा पर्यटन अर्थतन्त्रलाई पुनर्जीवित पार्न आएको छ । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने कार्यक्रम लिएर घरघरमा पुग्ने देखिन्छ ।

सुत्केरी र गर्भवतीलाई बचाउन लिइएको हेलीउद्धारको कार्यक्रमलाई बजेटले समेटेको छ ।

Advertisement

समय सान्दर्भिक बजेट हुँदा हुँदै पनि बजेटमा भनिएको राजस्वको आधार कमजोर छ । तसर्थ राजस्व चुहावट नहुने गरी संयन्त्र बनाउनुपर्छ । सामुदायिक विद्यालयका बालविकास स्तरोन्नति गर्ने लक्ष्य राम्रो छ । प्रत्येक पालिकामा बालविकास स्थापना गरियोस् ।

रोजगारी दिने गरी आएको सिप केन्द्र राम्रो छ । त्यहाँ गरिब परिवारलाई प्राथमिकता दिनुपर्छ । ज्येष्ठ नागरिकलाई संक्रमणले छिटो आक्रमण गर्ने हुँदा ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न अस्पताल बनाउनुपर्छ । आफ्नो गाउँ आफैं गाउँ भन्ने कार्यक्रमलाई प्रदेश सरकारले समेट्नु पर्छ । सबैमा यो बजेटमा पुगेको छ, समग्रमा राम्रो भएको हुँदा बजेटको समर्थन गर्छु ।

Advertisement

गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा शुक्रबार नेकपा सांसद सुवेदीले राखेकाे विचार।

तपाईको प्रतिक्रिया