मादी गाउँपालिकामा १९ महिने शिशु पनि कोरोना संक्रमित*

समाधान संवाददाता २०७७ असार ६ गते ८:४२

समाधान संवाददाता

कास्कीमा शनिबार थपिएका २ जना कोरोना भाइरस संक्रमित मध्येका १ जना १९ महिने शिशु छन् । मादी गाउँपालिका ९ का शिशुको रिपोर्ट पोजिटिभ आएको हो ।

उनका बाबु आमा दुवैको रिपोर्ट नेगेटिभ छ। शिशुका पिताको भने ट्राभल हिस्ट्री छ । उनी भारतबाट आएका थिए । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । उनी भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । यसैक्रममा उनले एक पटक शिशुलाई पनि भेटेका थिए ।

Advertisement

*मादी गाउँपालिका हुनुपर्नेमा अन्यथा हुन गएकोमा गल्ती सच्चाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया