स्यानिटाइज गरेर जिएमसीको इमरजेन्सी सञ्चालन, ५ जना क्वारेन्टिनमा

समाधान संवाददाता २०७७ असार ६ गते ९:४५
Gandaki Medical College. Photo: GMC

समाधान संवादददाता

Advertisement

कोरोना भाइरस संक्रमितसंग सम्पर्कमा आएका गण्डकी मेडिकल कलेजका ५ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् । उनीहरुलाई जिएमसी प्रशासनले नै क्वारेन्टिनको व्यवस्था गरेको हो ।

ती संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेपछि उनलाई राखिएको इमरजेन्सी वार्ड स्यानिटाइज गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासन अधिकृत लक्ष्मण शर्माका अनुसार इमरजेन्सी वार्ड पटक पटक सफाई गरेर स्यानिटाइजरले स्प्रे गरिएको हो ।

‘सुरक्षाका सबै उपाय अपनाएर अस्पतालको इमरजेन्सी वार्ड फेरि सुचारु गरेका छौं ।’ प्रशासकीय अधिकृत शर्माले भने, ‘यस्तो बेलामा अस्पताल सञ्चालन गर्नु झनै आवश्यक छ । त्यसैले इमरजेन्सी वार्ड राम्रोसंग स्यानिटाइज गरेर सञ्चालनमा ल्याइसकेका छौं ।’

यो पनि – जिएमसीका बिरामीमा कोरोना पुष्टि, ढाकछोप गर्दै अस्पताल

Advertisement

शर्माले ती संक्रमितको सम्पर्कमा आएका ५ जना स्वास्थ्यकर्मीलाई आफ्नै होस्टेलमा क्वारेन्टिनमा राखिएको जानकारी दिए । ‘जो जो सम्पर्कमा आए ती सबैको ट्रेसिङ गरेर सुरक्षित ठाउमा राखेका छौं । स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य प्रति अस्पताल प्रशासन गम्भीर छ ।’ उनले भने ।

मंगलबार साँझ स्याङ्जको हेलुबाट आएका ती विरामीमा कोरोना भाइरसका लक्षण थिए । उनलाई साँझै डिस्चार्ज गरिएको थियो । बिहीबार विहान फैरि जिएमसीमा गएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया