बागलुङकाे काठेखाेलामा पहिराे जाँदा १ महिला बेपत्ता
समाधान संवाददाता
२०७७ असार ६ गते १०:१५

पाेखरा
बागलुङकाे काठेखोला गाउपालिका ४ तंग्राम, फापरखेतमा शनिबार बिहान पहिराेले घर बगाउँदा १ महिला बेपत्ता भएकी छन् ।
अबिरल वर्षाका कारण पहिरो खसेर घर पुरिँदा टोपबहादुर पुनकी पत्नी ३८ वर्षीया विमला पुन बेपत्ता भएकाे प्रहरीले जनाएका छन् ।
शनिबार बिहानपख पहिराे गएकाे र उनका पति टाेपबहादुर, १ छोरा र २ छाेरी भने घरबाट बाहिर निस्कन सफल भएकाे स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे छ ।
उद्धारक लागि नेपाली सेना र नेपाल प्रहरी र सशस्त्रकाे टोली घटनास्थलमा पुगेकाे छ ।
पानी परेकाे र पहिराे पनि नराेकिएका कारण बेपत्ताकाे खाेजी गर्न नसकिएकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया