थपिए ३३१ संक्रमित, ८६०५ जनामा संक्रमण
समाधान संवाददाता
२०७७ असार ६ गते १६:४१

समाधान संवाददाता
नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका ३ सय ३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ।
कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा भने सक्रमितको संख्या ४ सय ३८ पुगेको छ । संक्रमितमध्ये ३९ जना निको भएका छन् भने १ को मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया