बेनी जाेमसाेम सडक पहिराेले क्षति

समाधान संवाददाता २०७७ असार ६ गते १६:५४

एसके थकाली

Advertisement

जाेमसाेम

अविरल वर्षाका कारण बेनी—जोमसोम सडकमा शनिबार बिहानदेखि ठाउँ ठाउँमा पहिरो गएकाे छ। बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनका अनुसार राहुघाटदेखि अन्नपूर्ण गाउँपालिकाका विभिन्न आधा दर्जन स्थानमा पहिरो गएकाले अहिले सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

Advertisement

सडक खुलाउन उक्त खण्डको शर्मा गजुरमुखी जेभीको डोजरले बाटो खुलाउन पहल गरेको उनले बताए । वर्षा रोकिए शनिबार साँझसम्म बाटो खुल्ने जनाएका छन् । सडक अवरुद्ध भए पनि कोरोनाका कारण लकडाउनले सार्वजनिक सवारी आउजाउ बन्द भएकाले बाटो बन्दको असर नपरेको सुपरभाइजर शेरचनले बताए ।

फाइल तस्बिर

Advertisement

तपाईको प्रतिक्रिया