होम क्वारेन्टिन बसेकी बालिकाको मृत्यु

प्युठान
प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको शनिबार अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए ।
बालिकाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ । मृत्यु भएकाको रिपोर्ट पोजेटिभ गुल्मी– जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
छत्रकोट गाउँपालिका –५ अन्तर्गत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएको थियो । गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया