मुस्ताङमा पनि भेटिए काेराेना संक्रमित

समाधान संवाददाता २०७७ असार ६ गते १९:२४

एसके थकाली, मुस्ताङ ।

Advertisement

मुस्ताङमा एक व्यक्तिलाई कोरोना पोजेटिभ देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

प्रयोगशालाले सम्वन्धित जिल्लालाई जानकारी गराएको बताए पनि जिल्लाले यसबारै सार्वजनिक गरेको छैन ।

Advertisement

याेसँगै गण्डकीका ११ वटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो ।

Advertisement

याे पनि मुस्ताङका संक्रमित ८३ वर्षे पुरुष

तपाईको प्रतिक्रिया