बागलुङ पहिराेमा परी बेपत्ता महिलाकाे शव भेटियाे
समाधान संवाददाता
२०७७ असार ६ गते १९:५१

पाेखरा
बागलुङकाे काठेखोला गाउँपालिकास्थित तंग्राम फापरखेतमा अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा शनिबार बिहान वेपत्ता महिलाको शव फेला परेको छ ।
अविरल वर्षासँगै गएकाे पहिराेले बिहान घर पुर्दा ३८ वर्षीया विमला पुनको शव दिउँसो भेटिएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी राजेन्द्र रेग्मीले बताए
बिहानदेखि सेना, प्रहरी, सशस्त्रसहित स्थानीयकाे सक्रियतामा खाेजी कार्य तीव्र पारिएकाे थियाे ।
वेपत्ता पुनको प्रहरी र नेपाली सेनाले खोजी गरेपछि शव फेला पारेका थिए ।
शनिबार बिहानपख पहिराे गएकाे र विमलाका पति टाेपबहादुर, १ छोरा र २ छाेरी भने घरबाट बाहिर निस्कन सफल भएकाे स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे छ ।
सम्बन्धित









कुर्सी छोडेर ‘काउन्टर’ मा : जब वडाध्यक्ष आफैं रसिद काट्न तम्सिए…
तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया