गण्डकीमा आज थपिए १०८ संक्रमित, पुगे ४८८
समाधान संवाददाता
२०७७ असार ६ गते २०:११

पोखरा
गण्डकी प्रदेशमा शनिबारमात्रै १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ ।
शनिबार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पुष्टि भएकोमा साँझ ४ जिल्लाका ५० जना थप भएका हुन् ।
अहिलेसम्म मुस्ताङबाहेक प्रदेशका १० जिल्लामा कोरोना संक्रमित भेटिएका थिए । जिल्लाको घरपझोङ गाउँपालिकाका ८३ वर्षे वृद्धमा संक्रमण पुष्टि भएको हो ।
गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया