गण्डकीमा थपिए १६ संक्रमित, प्रदेशभर ५०४

पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
बागलुङकाे गल्काेट नगरपालिकका ४ पुरुष, ढाेरपाटन नपाका १ पुरुष, काठेखाेला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
म्याग्दीकाे रघुगगा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।
तनहुँकाे रिसिङ गाउँपालिकाका १ पुरुष र पर्वतकाे कुश्मा नगरपालिकाका २ पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनाेदविन्दु शर्माले बताएका छन् ।
सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेकाे आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
प्रदेशका ११ वटै जिल्लामा काेराेनाकाे संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जाेनमा परेका छन् । शनिबार साँझ मुस्ताङकाे छैराे शरणार्थी शिविरमा काठमाडाैंबाट पुगेका ८३ वर्षे पुरुषमा काेराेना पुष्टि भएकाे हाे । उनी तिब्बती शरणार्थी हुन् ।
हालसम्म प्रदेशभर ४९ जना बिरामी निकाे भएर घर फर्केका छन् । स्याङ्जाकाे वालिङका ५८ वर्षे पुरुषकाे निधन भएकाे छ ।
नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय २१ पुगेको छ।
पूर्ण विवरण

तपाईको प्रतिक्रिया