बेलायतको रिडिङ्गमा चक्कु आक्रमण, ३ को मृत्यु

एजेन्सी
नेपालीहरुको बाक्लै वस्ती भएको ठाउ बेलायतको रिडिङ्गमा एक जना चक्कुधारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा तीनजनाको ज्यान गएको आशंका गरिएको छ । रिडिङ्गको एक पार्कमा भएको घटनामा अरु केही घाइते भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
घटनास्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्ति लिबियन नागरिक रहेको अनुमान छ । प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ ।
आक्रमण किन भएको हो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो । कम्तिमा तीनजनाको ज्यान गएको भनिए पनि अहिलेसम्म प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।
पार्कमा रहेका मानिसहरुमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया