राेटरीले प्रदेश सरकारलाई २ वटा पिसिआर मेसिन दिने

समाधान संवाददाता २०७७ असार ७ गते १३:३८

पाेखरा

रोटरी क्लब इन्टरनेसनले गण्डकी प्रदेश सरकारलाई २ थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने भएकाे छ ।

रोटरी क्लब इन्टरनेसनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले असारको दोस्रो हप्ताभित्र मेसिन हस्तान्तरण गर्ने तयारी भएकाे बताए ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा श्रेष्ठले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, २ हजार ५ सय थान फेससिल, सचेतनामूलक ब्राेसर १० हजार लगायत विभिन्न स्वास्थ्य सामग्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे ।

Advertisement

सामान ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याएका छन् ।

उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्ने बताए । उनले कोरोनाले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नाे तर्फबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक भएको बताए ।

उक्त अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ पोखराका पदाधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया