उपल्लो मुस्ताङमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु
समाधान संवाददाता
२०७७ असार ७ गते १४:३९

एसके थकाली
जोमसोम
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका—३ याम्दामा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको निर्माणाधीन कार्यालयको सामग्री लिन वारागुङ मुक्तिक्षेत्र—३ छुसाङतर्फ आउने क्रममा जोमसोम कोरला सडकबाट करिब ३० मिटर तल ग१ख ५४३५ नम्बरको ट्रयाक्टर खसेको हो ।
दुर्घटनामा बागलुङ जिल्ला घर भई लोघेकर दामोदरकुण्ड—१ मराङ बस्ने २६ वर्षे चाmलक झलक घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टरका चालकलाई अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । चराङबाट छुसाङ आउने क्रममा सडक चिप्लो भई ट्रयाक्टर अनियन्त्रित हुँदा अचानक दुर्घटना भएको हुनसक्ने उनले बताए ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया