थप ४२१ जनामा कोरोना, संक्रमित ९ हजार नाघे
समाधान संवाददाता
२०७७ असार ७ गते १६:५३
समाधान संवाददाता
नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका ४ सय २१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ सय ९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या १७ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।
गण्डकी प्रदेशमा भने कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया