मुक्तिनाथ बैंकद्वारा ग्राहकको कर्जा मिनाहा

समाधान संवाददाता
पोखरा, ७ असार
मुक्तिनाथ विकास बैंकले ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई कोरोना कहरमा बाँकी कर्जा मिनाहा गर्दै पहिले भुक्तानी भइसकेको साँवा ब्याज पनि फिर्ता दिएको छ ।
पोखरा १९, घार्मीकी गिता सुनारले साना तथा लघु बैंंकिङ कार्यक्रम अन्तर्गत शाखा कार्यालय लामाचौरको साना तथा लघु बैंकिङ डेस्कबाट बिना धितो सामूहिक जमानतमा किराना पसल व्यवसाय सञ्चालन गर्नको लागि लिएको कर्जा २ लाख ऋणमध्ये रहेको कर्जा उनको आकस्मिक मृत्यु भएपछि मिनाहा भएको छ । उनले भुक्तान गरिसकेको साँवा र ब्याज बापतको १ लाख ९३ हजार ३ सय २१ रुपैयाँ र काजकिरिया खर्च ५ हजारसमेत गरी १ लाख ९८ हजार ३ सय २१ रुपैयाँ स्व सुनारको परिवारलाई प्रदान गरिएको हो । तिर्न बाँकी रहेको कर्जा २४ हजार ८ सय ३० रुपैयाँ मिनाहा गरिएको साना तथा लघु बैंकिङ प्रमुख अन्जना श्रेष्ठले जानकारी दिइन् ।
योजना अन्तर्गत बैंकबाट सामूहिक जमानी वा व्यक्तिगत जमानतमा बिना धितो कर्जा लिएका ग्राहकको सो अवधिमा मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा भई भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुने व्यवस्था छ ।
लामाचौर शाखाका प्रबन्धक गोविन्दराज आचार्य उपस्थित भई गिताका श्रीमान् रामबहादुर सुनारलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
स्थानीयको रोहवरमा गिताको खातामा भएको सम्पूर्ण बचत तथा ब्याज रकम ३८ हजार ३ सय ३७ रुपैयाँ गरी जम्मा २ लाख ६१ हजार ४ सय ८९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
आचार्यले बैंकले बचत र कर्जाको कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा सुविधा थप गरेको सुनाए । पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेलले बैंकले ग्रामीण भेगमा घरदैलो मार्फत बैंकिङ सेवा सुविधा दिने मात्र नभई सामाजिक कार्यमा पनि उल्लेखनीय कार्य गरेको बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया